दफा १७८
थुनुवा वा कैदीलाई रिहाई गर्दा अपनाउनु पर्ने कार्यविधि
(१) अदालतको फैसला वा आदेश बमोजिम कुनै थुनुवा वा कैदीलाई रिहाई गर्नुपर्ने भएमा निजलाई रिहाई गर्नु पर्ने कारण, कैदी वा थुनुवाको पुरा नाम र ठेगाना तथा मुद्दाको विवरण खोली सम्बन्धित कारागारलाई त्यसको आदेश पठाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको आदेश प्राप्त भएपछि सम्बन्धित कारागारले त्यस्तो आदेश बमोजिम थुनुवा वा कैदीलाई तुरुन्त रिहाई गर्नु पर्नेछ ।
(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि फैसला वा आदेश बमोजिम रिहा गर्नु पर्ने थुनुवा वा कैदी अदालतमा उपस्थित रहेकोमा पैmसला भएपछि तत्काल निजलाई रिहाई गरी त्यसको सूचना सम्बन्धित कारागारलाई दिनु पर्नेछ ।